नेपाल विद्युत् प्राधिकरण, नेपालगन्जका अनुसार हावाहुरीका कारण १५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको हो।
नेपालगन्ज– बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरी बतासले विद्युत् सेवा प्रभावित भएको छ।
नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा १५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको जानकारी दिए। उनले कतिपय ठाउँमा पोल गाडेर विद्युत् आपूर्ति गरिए पनि ग्रामीण क्षेत्रमा भने अझै समस्या रहेको बताए।
लामिछानेका अनुसार खजुरा गाउँपालिकामा ७०, नेपालगन्जमा ४०, जानकी गाउँपालिकामा १५ र राप्तीसोनारीमा करिब २० पोल भाँचिएका छन्। त्यसबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको र विस्तृत विवरण संकलनको काम भइहरेको छ।
हुरी बतासले जानकी–४ मा कच्ची घर भत्केर च्यापिँदा गर्भवती २२ वर्षीया फारुन शाही र ८५ वर्षीया खटिमा शाही घाइते भएका थिए। यस्तै, नेपालगन्ज–१२ निवासी ७१ वर्षीय अम्मरबहादुर खड्का पनि घाइते भएकी छन्। त्यसबाहेक डुडुवा तथा बुलबुलियामा रूखको हाँगा लागेर दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
बर्दियाको बढैयाताल गाउँपालिकामा पनि हुरी बतासले ६० भन्दा बढी घरमा क्षति पुर्याएको छ। यहाँ १५ घरमा पूर्ण, २० घरमा आंशिक र २५ घरमा सामान्य क्षति भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए।
हुरी बतासले स्थानीय किसानका लिची, आँप र तरकारीलगायत खेतीमा ठूलो नोक्सानी भएको स्थानीय प्रशासनले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
