वर्षौंसम्म बोल्न, सुन्न नसक्ने नाटक गर्नुपर्दा आफूलाई पागल जस्तै महसुस हुन थालेको उनले बताए।
आफूले गरेको अपराधको सजायबाट जोगिन २० वर्षसम्म भेष बदलेका चीनका एक व्यक्ति अन्ततः प्रहरीको नियन्त्रणमा आएका छन्।
कबाडीको काम गर्दै आएका जियायो नाम गरेका ती पुरुषलाई गत महिना प्रहरीले पक्राउ गरेको हो। उनी यति लामो समयसम्म सुन्न र बोल्न नसक्ने नाटक गरेर बसेका थिए। स्थानीय सञ्चार माध्यमले जनाएअनुसार सन् २००४ मे २२ को साँझ, जियाओले एक जना छिमेकीसँग बहस हुँदा बिल्चाले टाउकोमा हिर्काएका थिए। ती छिमेकीको घटनास्थलमै मृत्यु भयो। त्यसपछि आफूले बाँकी जीवन जेलमा बिताउनुपर्ने र मृत्युदण्डको सजाय हुनसक्ने डरले श्रीमती र ११ वर्षको छोरालाई छाडेर उनी भागे।
त्यहाँबाट उनी फुजियान प्रान्तको एन्सी काउन्टीको पहाडमा पुगे, जहाँ उनले गुजाराको लागि कबाडीको काम गर्न थाले। साथै, उनले आफ्नो विगतबारे कसैलाई केही सुनाउन नपरोस् भनेर सुन्न र बोल्न नसक्ने नाटक गर्न थाले। मानिसहरूलाई देखेर उनी मुस्कुराउने तथा इशारामार्फत मात्रै कुराकानी गर्थे।
जियाओले पछिल्लो दुई दशकको अवधिमा एक पटक पनि आफ्नो परिवारलाई सम्पर्क गरेका थिएनन्। तर पनि प्रहरीले उनलाई पत्ता लगाउन सफल भए।
गत महिना, एन्सीमा केही स्थानीयहरूसँग झगडा गरेकोमा प्रहरीले एक जना सुन्न र बोल्न नसक्ने व्यक्तिलाई हिरासतमा लिएको थियो, र केही समयपछि रिहा भएका थिए। पक्राउ परेपछि उनको फोटो सरकारी डाटाबेसमा प्रविष्ट भएको थियो।
प्रहरीले त्यतिबेला ती व्यक्ति ‘वान्टेड’को सूचीमा रहेका जियायो हुन् भन्ने अनुमानै गरेको थिएन। तर पछि फोटोहरूको मिलान गर्दा जियायोसँग अनुहार मिलेपछि प्रहरीले फेरि उनलाई पक्राउ गरेको थियो।
त्यसपछि उनले प्रहरीसँग कुराकानी गर्न थाले। वर्षौंसम्म बोल्न, सुन्न नसक्ने नाटक गर्नुपर्दा आफूलाई पागल जस्तै महसुस हुन थालेको उनले बताए। साथै उनले आफ्नो परिवारको अवस्थाबारे पनि चिन्ता व्यक्त गरे। अब उनले जेल सजाय भोग्नुपर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
