प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको छ। धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट पक्राउ गरेको हो।
अध्यक्ष सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर पब्लिसेकसन्सको कार्यालय पुगेको थियो। उनलाई पक्राउका लागि गएको टोलीले अध्यक्ष सिरोहियाको कार्यकक्षमा पुगेर पुर्जी थमाएको थियो।
दोहोरो नागरिकता, किर्तेको आरोपमा सिरोहियालाई पक्राउ गर्न मंगलबार धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले प्रहरीलाई अनुमति दिएको थियो।
पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले सहकारी ठगीमा संलग्नहरूले त्यससम्बन्धी मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएका थिए। मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै आफूलाई पक्राउ गर्न सत्ता र शक्ति दुरुपयोग गरिएको टिप्पणी गरेका थिए।
अध्यक्ष सिरोहियाको नागरिकताको नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको भन्दै गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी परेको थियो। सिरोहियाविरुद्ध नागरिकता ऐनअनुसार कारबाहीका लागि सर्लाहीका इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
