गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको जनाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन्।
गाजाको युद्ध क्षेत्रमा करिब ७०० जना गम्भीर बिरामी फसेको बताउँदै उनले चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न उनले विश्व समुदायको ध्यानाकर्षण गराए।
इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपत्कालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइनसमेत काटिएको डब्ल्यूएचओले जनाएको छ।
गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गरेका छन्।
उत्तरी गाजामा दुईवटा मात्र अस्पतालले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकोले स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने उनले बताए।
राष्ट्रङघीयको स्वास्थ्य निकायले गाजामा थप सहायता प्रवाह नगरी अस्पताल र जनसंख्यालाई जीवन बचाउने सहयोग कायम राख्न नसकेकोमा टेड्रोसले दुःख व्यक्त गरे।
डब्ल्यूएचओ र यसका साझेदारले पछिल्लो समयमा अस्पतालमा थोरै मात्रामा इन्धन पुर्याउन सफल भएका छन्। गाजामा स्वास्थ्य सेवा सञ्चालनका लागि ठूलो मात्रामा इन्धनको आवश्यकता रहेको तर प्रत्येक दिन आवश्यक पर्ने इन्धनभन्दा निकै कम मात्र आपूर्ति हुने गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
