गर्मीको समयमा अण्डा उत्पादनमा २० देखि २५ प्रतिशत ह्रास आउने गर्छ। यस वर्ष भने गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ।
चितवन– अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निराश भएका छन्। उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ।
नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष डा. दीपक तिवारी यस समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको समेत जोखिम हुने बताउँछन्। गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्छ। गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ। उनले दिउँसो कुखुरालाई दाना नखुवाउनसमेत सुझाव दिए।
पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञ डा. तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउँछन्। उनका अनुसार हाल एउटा अण्डा तयार गर्न १६ रुपैयाँ हाराहारी खर्च हुने गरेको छ। यसअघि १४.५ रुपैयाँ थियो।
चर्को गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताए। दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उनको भनाइ छ।
पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेको भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताए। “धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ,” उनले भने।
मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने पोल्ट्री व्यवसाय संवेदनशील भएकाले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
