सत्तारुढ दलबीचको विवाद र विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमानका बीच प्रधानमन्त्री सुनकले संसद विघटन गरेको बताइएको छ।
बेलायतमा आम निर्वाचनको मिति घोषणा भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले अचानक यस्तो निर्णय गरेर बुधबार सबैलाई चकित पारेका छन्।
उनले तोकिएको समयभन्दा अगाडि नै जुलाइमा आम निर्वाचन हुने बताए। १४ वर्षपछि सत्तारुढ कन्जरभेटिभ पार्टीले आगामी चुनावमा विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमान गरिएको छ। यहीबीच प्रधानमन्त्री सुनकले बुधबार पत्रकार सम्मेलन गर्दै आउँदो जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्।
उनको घोषणासँगै निर्वाचनको मितिलाई लिएर चलिरहेको अड्कलबाजीको अन्त्य भएको छ। अब प्रधानमन्त्री सुनकले राजा चार्ल्सलाई निर्वाचनको मिति औपचारिक रूपमा जानकारी गराउने बताएका छन्। त्यसपछि बेलायती संसद चाँडै भंग हुनेछ। बीबीसीका अनुसार झरी परिरहेको बेला डाउनिङ स्ट्रिटमा रहेको प्रधानमन्त्री निवासबाहिर पत्रकारहरूलाई सम्बोधन गर्दै सुनकले आफूले यसअघि राजा चार्ल्सलाई मे ३० मा संसद भंग गर्न आग्रह गरेको बताए। राजा चार्ल्सले त्यसको लागि अनुमति दिइसकेको पनि उनले जानकारी गराए।
तर, बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको बीबीसीले जनाएको छ।
विगत पाँच वर्षमा मुलुक दोस्रो विश्वयुद्धपछिको सबैभन्दा चुनौतीपूर्ण समयबाट गुज्रिरहेको अवस्थामा आफूले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको र देशले ती चुनौतीहरूसँग लडेको उनको भनाइ थियो। कन्जरभेटिभ पार्टीका सुनकले बेलायतको अर्थतन्त्र अझै बढिरहेको कुरामा जोड दिए। मुद्रास्फीति समान्य भएको, ब्याजदर घटेको र सरकारको योजनाले काम गरिरहेको भन्दै उनले आफ्नो कार्यकालमा भएका उपलब्धिबारे जानकारी पनि गराए।
यद्यपि, हालैको परिषद्को चुनावले कन्जरभेटिभ पार्टीमा निराशा जगाएको छ। त्यहीबीच १४ वर्षपछि पुनर्जीवित लेबर पार्टी सत्तामा फर्कने प्रयासमा रहेको बेला भारतीय मूलका सुनकले ‘तपाईंहरूले कसलाई विश्वास गर्नुहुन्छ’ भन्दै उपस्थित भिडलाई प्रश्नसमेत गरे।
बीबीसीका अनुसार संसद शुक्रबार विघटन हुनेछ। संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ। यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २०२५ को जनवरी २८ अघि चुनाव हुनुपर्थ्यो।
तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ। सुनकले आफूले सत्तामा रहँदा सबै कुरा ठीक भएको दाबी गर्न नसक्ने र नगर्ने तर आफूले हासिल गरेको र भविष्यमा के गर्न सकिन्छ भन्नेमा आफूलाई गर्व रहेको बताए। उनले भने, “बेलायतको भविष्य तय गर्ने वा उही स्तरमा फर्किने निर्णय गर्ने समय हो यो।”
चुनावी घोषणाको प्रतिक्रिया दिँदै, लेबर पार्टीका नेता सर केयर स्टाररले भने, “यो (चुनाव) देशलाई चाहिने र पर्खिरहेको क्षण हो।”
लेबर पार्टीले सरकारलाई १४ वर्षको आर्थिक कुव्यवस्थापनको आरोप लगाएको छ। जसले नागरिकको अवस्था अझ खराब बनाएको, अराजक प्रशासन बढ्दै गएको र व्यवसायलाई स्थायित्व दिन नसकेको लगायत आरोप लगाएको छ। चुनावी अभियानलाई राम्रो भविष्य सुरक्षित गर्ने अवसरका रूपमा व्याख्या गर्दै लेबरले निर्वाचनका लागि पूर्ण तयारी गरेको जनाएको छ।
लेबर नेता स्टाररका प्रवक्ताले पत्रकारहरूलाई भने, “प्रधानमन्त्रीले जतिबेला चुनावको आह्वान गर्नुहुन्छ, हामी जान तयार छौँ। हामीसँग पूर्ण रूपमा व्यवस्थित अभियान छ र हामीलाई लाग्छ कि देश आम चुनावको माग गरिरहेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
