घरअगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन। धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बासकी शशिकला विकले बताइन्।
तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्ले लगायतका बस्तीमा खानेपानीको हाहाकार छ। तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या हो। घरअगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन। वर्षात्मा पानीको सहज आपूर्ति हुने गरेको भए पनि अरू बेलामा त्यहाँका आधा दर्जन गाउँ काकाकुल हुन्छन्।
धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बास निवासी शशिकला विकले बताइन्। उनका अनुसार खोलामा पालो पाउन गाह्रो पर्छ। धारामा पनि नियमित नआउने र खोलामा पनि पालो कुर्नुपर्ने अवस्था छ।
सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो छ। “घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ,” उनले भने, “तर कहिल्यै १२ बजेसम्म पनि पानी ल्याइ नपुर्याउँदा त्यति बेलासम्म खाना पाकेको हुँदैन।”
गाउँका सबै मान्छे दुईतीन घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन्। त्यहाँ पनि पालो पाइँदैन। मुहान सानो भएकाले पहिले गएकाले पानी पाउँछन् भनेपछि गएकाहरूले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय साबित्रा विकले बताइन्। “पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ,” उनले भने, “पानी ल्याउनलाई राति उठ्नुपर्छ।”
पालो पाएपछि बिहान ६ बजे घर पुगिन्छ नपाए भने १०/११ बज्ने गरेको उनीहरूको गुनासो छ। उनीहरूका अनुसार त्यहाँ थापानी र घुटघुतेबाट पानी ल्याउने गरिएको छ। त्यहाँ गाउँका दुई ट्यांकी छन्। तीमध्ये एउटा ट्यांकीको कल्लेबल्ले र अर्को ट्यांकीको अम्बास पानीका लागि पाइपबाट पठाउने गरिन्छ। त्यहाँ पानी नपाउने समस्याले वर्षौंदेखि आजित भएको स्थानीय मालबहादुर वलीले बताए।
अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ। विद्युत् पनि वर्षा लाग्नैबित्तिकै जाने गर्छ। चार वर्षअघि त्यहाँ विद्युत् जडान गरिएको हो। उनका अनुसार बीच–बीचमा विद्युत् जाने आउने समस्या भइरहने गर्छ। “एउटा रूख ढल्यो कि विद्युत् बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन,” स्थानीय अगुवा लीलामणि बाँठाले भने, “सडक पनि वर्षात्मा त्यस्तै समस्या हुन्छ।” त्यहाँ कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, सितधारा लगायतका गाउँहरू छन्। त्यहाँ करिब तीन सय बढी घर रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
