घाइते कर्मचारीलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।
मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजको ठक्करबाट एक कर्मचारी घाइते भएका छन्। जहाजको ठक्करबाट रारा विमानस्थलमा कार्यरत सीता एयरका स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन्।
यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम घाइते भएको प्रहरीले जनाएको छ।
विमान पाइलटलाई उडान संकेत गरिरहेका बेला पाइलटले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
