भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिँदा सवारीसाधन चल्न पाएका छैनन् भने भारत जानेहरू पैदल हिँडेर सीमा पार गर्ने गरेका छन्।
रक्सौल– भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत शनिबार छैटौँ चरणको मतदान हुँदै छ। यही दिन नेपालको सीमा जोडिएको बिहारस्थित रक्सौलमा पनि मतदान हुन गइरहेको छ। सोही कारणले बुधबारदेखि शनिबार रातिसम्म सिमानाका बन्द गरेर आउजाउमा रोक लगाइएको छ।
चार तथा दुईपांग्रे वाहन चलाउन नपाइए पनि पैदल आवागमन भने रोकिएको छैन। भारततर्फ सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको देख्न सकिन्छ। सवारीसाधन सञ्चालनमा नआउँदा सडक सुनसान देखिएका छन् भने भारत जानेहरू पैदल हिँडेर सीमा पार गर्ने गरेका छन्।
भारतीय सीमा सुरक्षा बलले सीमा नाकामा कडाइका साथ चेकजाँच गरेर मात्र भारत प्रवेश दिने गरेको छ। बिहीबार अपराह्न पर्साको सीमा क्षेत्रमा देखिएको दृश्यहरू।



तस्वीर: विकास रौनियार
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
