कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।
काठमाडौँ– सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ।
बिहीबार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उनको भनाइ छ। उनका अनुसार उक्त कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको हो।
“बैठक निष्कर्षविहीन भयो,” उनले भने, “सहमति जुटन नसकेपछि निष्कर्षविहीन भएको हो। आजको बैठकबाट करिब–करिब, ठ्याकै टुंगोचाहिँ भोलि बिहान लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुग्यौँ।”
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरूलाई स्वीकार्य नभएको बैठकपछि सञ्चारकर्मीलाई बताए।
“विपक्षी दलले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरिकन कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन,” उनले भने, “हामीले स्पष्ट रूपमा भनेका छौँ, यसबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हौँ, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनौँ भनेर भनेका छौँ। आजको बैठकमा सरकार पक्षलाई यही कुरा राखेको छु।”
प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ। उक्त कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
