नेपाली कांग्रेसले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै स्याङ्जा-२ र बाजुराको मतगणना थाल्न आग्रह गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले स्याङ्जा-२ र बाजुराको मत गणना थाल्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ।
मंगलबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा-२ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ र बाजुराको मत गणना थाल्न आग्रह गरेको छ।
कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मत गणना शुरू गर्न आग्रह गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्।
प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य शुरू गर्न आग्रह गरिएको बताए।
स्याङ्जा-२ मा विधिवत् रूपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्न आवश्यक नभएको उनको भनाइ छ। निर्वाचनको समय अवधिभर कुनै पनि शंकास्पद घटना नभएको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको तर्क गरे। उनले बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताए।
"बतासे उजुरले मत गणना रोक्नु हुँदैनथ्यो। यो गलत भएको छ। तुरुन्त मतगणना होस्। त्यसै गरेर बाजुरामा पनि तुरुन्त मत गणना होस्," उनले भने।
स्याङ्जा-२ मा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कांग्रेस उपसभापति गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरू गर्नुपर्ने बताए।
उनले स्याङ्जा-२ मा शान्तिपूर्ण रूपमा मतदान भएको उल्लेख गरे। उनले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मत गणना गर्न निर्देशन दिने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
