दिनप्रतिदिन चुरे मासिँदै जाँदा मधेशमा पानीको हाहाकार हुन थालेपछि केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौँसम्म आउनुपरेको अभियानका सदस्य दीपक यादव बताउँछन्।
काठमाडौँ– पिउने पानीको समस्या समाधानको पहल गरिदिन माग गर्दै मधेश प्रदेशबाट २५ जनाको समूह काठमाडौँ आइपुगेको छ। आफूहरूले भोगिरहेको पानीको समस्यालाई स्थानीय सरकार र प्रदेश सरकारले नजरअन्दाज गरेको भन्दै सो समस्या संघीय सरकारलाई सुनाउन मधेश प्रदेशका विभिन्न जिल्लाबाट उनीहरू काठमाडौँ आइपुगेका हुन्।
२५ दिन सप्तरीको भारदहबाट हिँडेरै काठमाडौँसम्म आएका उनीहरू बिहीबार रातिदेखि माइतीघरमा धर्ना दिइरहेका छन्। चुरे तथा वनजंगल संरक्षण अभियानको नेतृत्वमा सप्तरी, सिरहा, धनुषा, बारा र पर्सालगायतका जिल्लाका बासिन्दा पानीको समस्या समाधानका लागि केन्द्र सरकारलाई दबाब दिन काठमाडौँ आएका हुन्।
दिनप्रतिदिन चुरे मासिँदै जाँदा मधेशमा पानीको हाहाकार हुन थालेपछि केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौँसम्म आउनुपरेको अभियानका सदस्य दीपक यादव बताउँछन्। पटक–पटक चुरेको समस्या लिएर काठमाडौँसम्म धाउँदा पनि समाधान हुन नसकेको यादवको गुनासो छ।
“यसअघि पनि दुईपटक हामी आफ्ना माग लिएर काठमाडौँ आइसकेका छौँ तर आश्वासनबाहेक केही मिलेन,” यादव भन्छन्, “यसपटक फेरि आएका छौँ। मधेशमा पानीको समस्या विकराल बनिरहेको छ तर सरकारले हालसम्म वास्ता गरेको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
