भियतनामको राजधानी हनोइको साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
भियतनामको राजधानी हनोइको साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।
मध्य हनोइमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (६ फिट पाँच इन्च) चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो। यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्नि नियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो। आगो निभाउन एक घण्टा लागेको थियो ।
छिमेकी गुयेन थान ट्रुङले आफू सुतिरहेका बेला विस्फोटको आवाज सुनेको र हेर्न बाहिर निस्केको बताए। “मैले घरमा झटका महसुस गर्न सक्थेँ,” उनले भने।
आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्ने गरी २४ जना रहेको सञ्चारमाध्यमले जनाएका छन्। घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोइ ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मरम्मत गर्नका लागि ग्यारेजका रूपमा प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो।
पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो। अपार्टमेन्टमा जलेका मोटरसाइकल, रूखका साथै छरिएका सामानहरू थिए।
मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप एक हजार ९६२ डलर र घाइतेलाई एक हजार १७७ डलर दिने अधिकारीहरूले बताएका छन्।
यो आगलागीले गत वर्ष सेप्टेम्बरमा हनोइमा भएको आगलागीलाई सम्झाएको छ। उक्त समयमा ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो। सो बेला पनि उद्धार कार्यमा साँघुरो गल्लीले अवरोध पुर्याएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
