ती कुकुरले मेटगालाका सेलिब्रेटीको झैं पहिरन गरेका थिए। त्यसैले, यस कार्यक्रमले मेटगालाको मजाक उडाएको आलोचना पनि भएको छ।
यही महिना (मे)को पहिलो हप्ता विश्वका चर्चित सेलिब्रेटीहरूले मेटगालामा आफ्नो सुन्दरता प्रदर्शन गरे। जेन्डाया, किम कार्दसिन र जेनिफर लोपेज जस्ता ‘ग्लामर सेलिब्रेटी’ले रेडकार्पेटमा सबैको ध्यान तानेको थियो।

सौन्दर्य प्रतियोगिता (ब्युटी प्याजेन्ट)मा मोडेलहरूले गरेको क्याटवाकले सबैको ध्यान तानेजस्तै कुकुरहरूको सौन्दर्य प्रदर्शनी अर्थात् ‘पेटगालाले’ पनि विश्वभरका कुकुरप्रेमीहरूको ध्यान खिचेको छ।

अमेरिकाको न्युयोर्कस्थित कुकुरसम्बन्धी संग्रहालय ‘एकेसी म्युजिअम अफ द डग’मा गत सोमबार आयोजना गरिएको पेटगालामा रंगीबिरंगी तथा मनमोहक पोसाकमा सयौँँ कुकुर सहभागी थिए।

यस कार्यक्रममा कुकुरले तीन हप्ताअघि मेटगालामा उपस्थित केही सेलिब्रेटीहरूको नक्कल गरेका थिए। सेलिब्रेटी जेनिफर लोपेजको रूपमा डैफोडिल द पोमेरेनियन, जेन्डायाको रूपमा किम्बा द चिहुआहुआ र कोलम्यान डोमिंगोको रूपमा बास्टियन द टेरियर लगायत अन्य सेलिब्रेटीहरूको पनि विभिन्न कुकुरले नक्कल गरेका थिए। ती कुकुरले मेटगालाका सेलिब्रेटीको झैं पहिरन गरेका थिए।


सहभागिता जनाउनको लागि ३०० डलर शुल्क तोकिएको उक्त कार्यक्रम 'क्यानल क्लब'का लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिएको थियो। यस कार्यक्रमले मेटगालाको मजाक उडाएको आलोचना पनि भएको छ। तर कुकुरका फेसन डिजाइनर एन्थोनी रुबियोले मेटगालाको नक्कल गरेको तर मजाक नउडाएको बताएका छन्।

"हामी विश्वका सबैभन्दा प्रतिभाशाली डिजाइनरद्वारा मेटगालामा प्रस्तुत गरिएका अद्भुत डिजाइनहरूको उच्च मूल्यांकन र प्रशंसा गर्दैछौँ," उनले भने।

मेटगाला पनि पोसाकसम्बन्धी संग्रहालयको लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिने उत्सव हो, जुन विश्वको सबैभन्दा प्रतिष्ठित र 'ग्लैमरस फेसन इभेन्ट'को रूपमा लोकप्रिय छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
