एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध हटाउने विषयमा भएको छलफल सकारात्मक रहेको जानकारी दिए।
काठमाडौँ– प्रमुख दलका शीर्ष नेताहरूबीच संसद्को गतिरोध हटाउने विषयमा सकारात्मक छलफल भएको छ।
प्रमुख दलका शीर्ष नेताहरूबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको जानकारी दिए।
बैठकमा संघीय संसद्को गतिरोध अन्त्य र सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको टीओआर बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसँग सकारात्मक छलफल भएको उनले बताए।
“आजको बैठकमा छलफल सकारात्मक भएको छ,” प्रमुख सचेतक बर्तौलाले भने, “नेपाली कांग्रेस सकारात्मक रूपमा प्रस्तुत भएको छ। संसद्को गतिरोध अन्त्य गर्न, संसदीय छानबिन समितिका लागि टीओआर निर्माण गर्न, गाँठो परेको विषयमा आ–आफ्नो तर्फबाट सहजीकरण गर्नेबारे सकारात्मक छलफल भयो।”
उनले सत्तापक्षका तर्फबाट यसमा लचकता भएको स्पष्ट पार्दै टीओआरमा व्यक्तिको नाम किटान गर्न सम्भावना नभए पनि त्यसबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राख्न खोजेको विषय पनि संसदीय छानबिन समितिको गरिमालाई कायम गर्ने गरी समझदारी भएको बताए।
“संसदीय छानबिन समितिको गरिमा मर्ने गरी, ओज नै नपुग्ने गरी समिति बनाउने र नाम नै किटान गरेर टीओआर दिनु राम्रो हुँदैन भन्ने सुझाव राख्यौँ। त्यसका लागि छलफल गर्छौं। नेपाली कांग्रेसले सहजीकरण गर्ने पाटोमा भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ,” प्रमुख सचेतक बर्तौलाले भने।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउने विषयमा छलफल सकारात्मक भएको बताए।
“सहकारीबाट रकम अपचलन, हिनामिना र ठगी भएको विषयमा संसदीय छानबिन समिति बनाउने भन्ने कुरा भएकै छ। उक्त समिति के र कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरिनै रहनुभएको छ, त्यसबारे टुंगो लगाउन आजको बैठकमा छलफल भएको छ,” उनले भने।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक, एमालेका प्रमुख सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत नेताहरू सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
