शुक्रबार उत्तरी गाजापट्टीको जबालियामा रातभरको कारबाहीपछि बन्धकहरूको शव नियन्त्रणमा लिइएको इजरायली सेनाको भनाइ छ।
इजरायली सेनाले तीन जना बन्धकलाई मृत अवस्थामा भेटेको जनाएको छ। शुक्रबार उत्तरी गाजापट्टीको जबालियामा रातभरको कारबाहीपछि बन्धकहरूको शव नियन्त्रणमा लिइएको सेनाको भनाइ छ।
परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि मृतकहरूको नाम सार्वजनिक गरिएको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको छ। मृत अवस्थामा भेटिएका इजरायली बन्धक चानान याब्लोन्का, इजरायली मूलका ब्राजियाली नागरिक मिशेल निसेनबाम र फ्रान्सेली मूलका मेक्सिकोका नागरिक हर्नान्डेज राडोक्स रहेका छन्।
अक्टोबर ७ मा हमास लडाकुले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गर्दा ४२ वर्षीय याब्लोन्का र ३२ वर्षीय राडोक्सलाई संगीत महोत्सवबाट अपहरणमा परेका थिए।
यसैगरी, गाजा नजिकैको इजरायली शहर सेडेरोटका बासिन्दा ५९ वर्षीय निसेनबामसँग हमास आक्रमणको दिन नातिनीलाई लिन सीमामा रहेको सेनाको आधार शिविर जाने क्रममा अन्तिम पटक सम्पर्क भएको थियो।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार विज्ञप्ति जारी गर्दै मृतकका परिवार, इजरायली जनताको साथमा रहेको उल्लेख गरेका छन्। “गहिरो दुःख एवम् समवेदना व्यक्त गर्दछौँ साथै शोकाकुल परिवारजनमा यस कठिन घडीमा सहानुभूति प्रकट गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ। यसअघि पनि इजरायली सेनाले बन्धकहरूको मृत अवस्थामा शव बरामद गरेको थियो। अहिले बाँकी बन्धकलाई सुरक्षित रिहाइ गर्न हमासमाथि दबाब बढिरहेको छ।
अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा आक्रमण गर्दा लगभग १२ सय मानिस मारिएका थिए। सो क्रममा हमासले २५२ जनालाई बन्धक बनाएका थिए। पछि तीमध्ये केहीलाई रिहा गरिएको थियो। इजरायलले गाजामा अझै करिब १३० जना बन्दी अवस्थामा रहेको जनाएको छ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रत्याक्रमणपछि कम्तीमा ३५ हजार ८०० प्यालेस्टिनी मारिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
