ईयूमा आबद्ध देशका राजदूतबीचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ।
रुसलाई ड्रोन आपूर्ति गरेकोभन्दै युरोपियन युनियन (ईयू)मा आबद्ध देशले इरानका रक्षामन्त्री मोहम्मद रेजा अस्टियानीसँगै विभिन्न नौ संस्थामाथि प्रतिबन्ध लगाएका छन्।
रुसले युक्रेनविरुद्धको युद्धमा इरानबाट प्राप्त ड्रोन प्रयोग गरिरहेको ठहर भएपछि उक्त प्रतिबन्ध लगाइएको हो।
ईयूमा आबद्ध देशका राजदूतबीचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ।
इरानका मानवरहित हवाई सवारी (यूएभी) उत्पादन गर्ने नौ वटा संस्थालाई प्रतिबन्ध गलाउने विषयमा सम्झौतामा समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इरानका रक्षामन्त्री मोहम्मद रेजा अस्टियानीलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ। उनको यात्रामा प्रतिबन्ध, व्यक्ति र संस्थाको सम्पत्ति जफत गर्ने जनाइएको छ।
यस्तै, सूचीबद्ध व्यक्ति तथा संस्थालाई आर्थिक स्रोत उपलब्ध गराउनेलाई पनि प्रतिबन्धमा समावेश गर्ने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
