धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरू सजिलै निको हुँदै गएको पनि चिकित्सकले बताएका छन्। सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो।
काठमाडौँ– अमेरिका, भारत, सिंगापुरलगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको छ।
यो भेरिएन्टलाई ‘केपी वान’ र ‘केपी टु’ नामकरण गरिएको छ। नयाँ भेरिएन्टका कारण अन्य देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
भारतमा नयाँ भेरिएन्टबाट संक्रममित हुनेको संख्या ३२५ पुगेको जनाइएको छ। नयाँ भेरिएन्टमा गरिएको प्रारम्भिक अध्ययनमा यसले शरीरमा बनेको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पारेर संक्रमण बढाउने गरेको पाइएको छ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले प्रारम्भिक अनुसन्धानमा नयाँ भेरिएन्टले संक्रमण बढाए पनि त्यति खतरा नरहेको जनाएको छ।
तर, केसहरू बढ्दै गएको गतिलाई हेर्दा यसले छिट्टै सबैभन्दा फैलिएको ओमिक्रोन भेरिएन्ट ‘जेएन वान’ लाई पछाडि पार्ने सम्भावना पनि रहेको सीडीसीले जनाएको छ। यस्तै, सिंगापुरमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ।
केपी वान र केपी टुलाई कोरोनाको प्रावधिक नाममा आधारित ‘फिलारेट’ नाम दिइएको येल मेडिसिनका संक्रामक रोग विशेषज्ञ डा. स्कट रोबर्ट्सले बताएका छन्।
यो ओमिक्रोनको एक सबभेरिएन्ट हो, जुन केही वर्षदेखि विश्वव्यापी रूपमा रिपोर्ट गरिएको मुख्य संस्करण हो। ओमिक्रोन भेरिएन्टलाई अत्यधिक संक्रामक मानिन्छ र यसले प्रतिरक्षा प्रणालीलाई सजिलै खत्तम पार्ने देखाइएको छ।
जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थको रिपोर्ट अनुसार फिलारेटको स्पाइक प्रोटिनमा देखिएको उत्परिवर्तनले यसको संक्रामकता बढाउने विश्वास गरिन्छ। तर यसले गम्भीर रोग निम्त्याउने सम्भावना भने अघिल्ला भेरिएन्टको तुलनामा कम छ।
सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो। स्थानीय सञ्चारमाध्यमका अनुसार हालै त्यहाँ संक्रमित भेटिएका अधिकांशमा ‘केपी टु’ भेरिएन्ट नै मुख्य कारण रहेको पाइएको छ।
धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरू सजिलै निको हुँदै गएको पनि चिकित्सकले बताएका छन्।
ट्रिनिटी हेल्थका वरिष्ठ उपाध्यक्ष र अनुसन्धानकर्ता डा. ट्यामी लुन्डस्ट्रमले एक रिपोर्टमा भनेका छन्, “नयाँ संस्करणका लक्षण पनि कोभिडको अघिल्लो संस्करण जस्तै छन्। धेरैजसो संक्रमितमा ज्वरो वा चिसो लाग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, थकान, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध नमिल्ने जस्ता समस्या देखिन्छन्।”
अधिकांश मानिसलाई खोप लगाइएकाले कोरोना संक्रमणका कारण गम्भीर रोगको जोखिम भने कम रहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
