जिल्लाकै अग्लो देवचुली डाँडामा पदयात्रा गर्न जाने, तराइबाट गर्मी छल्न र होमस्टेमा बास बस्न आउने गरेका छन्। होमस्टेअन्तर्गत पाहुनाका लागि १३ वटा घर रहेका छन्।
नवलपुर– पूर्वी नवलपरासी (नवलपुर) को उत्तरी भेगमा छ, बुलिङटार गाउपालिका। महाभारत शृंखलाअन्तर्गत एक हजार ९३६ मिटर उचाइमा रहेको देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाँउमा मगर जातिको बाहुल्यता छ। वडा नम्बर ४ पर्ने यही गाउँमा स्थानीयले २०७३ सालदेखि होमस्टे सञ्चालनमा ल्याएका छन्।

गाउँको नाम र मगर समुदायलाई जोडेर 'चुलीबोझा मगर सामुदायिक होमस्टे 'नाम दिइएको छ। पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटर उत्तरतर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ। होमस्टेमा मगर समुदायको कला संस्कृति, स्थानीय खानाका परिकारहरू कोदोको ढिँडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ। होमस्टेअन्तर्गत हाल पाहुनाका लागि १३ वटा घर रहेका छन्। तीन वटा हलसहित २४ कोठा छन्। जसमा दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ।
जिल्लाभित्र र छिमेकी जिल्लाबाट पनि पर्यटकहरू बास बस्न र रमाइलो गर्न आउने गरेको होमस्टे सञ्चालक हेमलाल बरालले बताए। जिल्लाकै अग्लो देवचुली डाँडामा पदयात्रा गर्न जाने, तराइबाट गर्मी छल्न र होमस्टेमा बास बस्न आउने गरेका छन्।

चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला, केरा, तरुल, पिँडालु, भट्ट, गहतलगायत गेडागुडीको स्वाद लिन पनि बजारमा बसोबास गर्नेहरू होमस्टेमा आउने गर्छन्। पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच, झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ।
यसले मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनका साथ आम्दानीका अवसर पनि सिर्जना भएको उनले बताए।

चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा , उत्तरतर्फ धौलागिरि , माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य, धौवादीको फलामखानीको डाँडासमेत अवलोकन गर्न सकिन्छ। यहाँका भिरपाखामा गरिएका अम्रिसो खेती र रमणीय वातावरणले जोकोहीको मन रमाउँछ। पाहुनाको सेवा शुल्क निर्धारण साथै व्यवस्थापन होमस्टे समितिले गर्ने गरेको छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
