स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्याउन मद्दत गर्ने पालिकाको योजना छ। जसका लागि पालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ।
पर्वत– बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने गरी सक्रियता देखाएको छ। निर्वाहमुखी खेतीलाई व्यावसायिक र उत्पादनमूलक बनाउँदै गएको गाउँपालिका उत्पादन तथा प्रतिफलमा अगाडि देखिन थालेको छ। किसानलाई मागका आधारमा र सही ठाउँमा अनुदान, साझेदारी अनुदानका साथै यान्त्रिकीकरणका कारण उत्पादन बढ्न थालेको हो।
गाउँपालिकाबाट अहिले दूध, तरकारी, पोखरेली जेठो बुढोको चामल निर्यात हुन थालेको छ। पालिकाका कुनै पनि वडामा बाहिरबाट तरकारी र दूध आयात नहुने बरु यामअनुसार निर्यात गर्न थालिएको छ।
गाउँपालिकाले अहिले किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ ढुवानी अनुदान दिने गरेको छ। यसले भैँसीपालक किसानले उत्साहित भएर दूध उत्पादन बढाउँदै लगेका छन्। बिहादीमा उत्पादन भएको दूध कुश्मा बजारसम्म पुग्ने गरेको छ। गाउँपालिकाका कृषि प्राविधिक जीवन शाहीले पछिल्ला दिनमा कृषि क्षेत्रमा पालिकाको लगानी बढेको र यसले यान्त्रिकीकरणमा सहयोग र विभिन्न खालका तालिमले किसानमा उत्साह थपेको दाबी गरे।
चालु आर्थिक वर्षमा गाउँपालिकाले ९४ हाइटेक टनेल, ८० भकारो सुधार, झन्डै चार दर्जन कुटानीपिसानी मेसिन वितरण गरेको छ। पालिकाले ६ हजार किलो गहुँको बीउँ वितरण गरिसकेको छ। यस वर्ष १६० मौरीका घार वितरणको तयारी पनि भएको छ। मौरीका घार ५० प्रतिशत अनुदानमा गाउँपालिकाले वितरण गर्ने तयारी गरेको हो।
त्यसैगरी चालु आवमै कागती, सुन्तला, लिची, आँपलगायत फलफूलका बिरुवा वितरण गर्ने तयारी छ। गाउँपालिकामा सबैभन्दा बढी रैथाने बालीअन्तर्गत कोदो उत्पादन हुने गरेको छ। “बिहादीमा उत्पादन भएको कोदो र पोखरेली जेठो बुढोको चामलको माग चर्को छ,” कृषि प्राविधिक शाहीले भने, “पछिल्ला दिनमा उत्पादन बढ्दै जाँदा निर्यात पनि बढेको छ।” किसानको मेहनत, प्राविधिकको निगरानी र जनप्रतिनिधिको प्रोत्साहनले गर्दा बिहादीमा कृषिप्रति आकर्षण बढेको शाहीको दाबी छ।
आगामी दिनमा स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्याउन मद्दत गर्ने पालिकाको योजना छ। गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ। “अब केही समयमै कृषि एम्बुलेन्स आउँदैछ, त्यसपछि उत्पादन गरेको बस्तु बिक्रीका लागि कुनै कष्ट बेहोर्नुपर्दैन,” शाहीले भने।
गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले पालिकाले गरेको लगानीले प्रतिफल दिनेगरी लागेको बताए। “के गर्दा बिहादी कृषिमा आत्मनिर्भर हुन्छ भनेर हामी लागिपरेका छौँ,” अध्यक्ष गुरुङले भने, “दूध र तरकारीमा भए पनि अहिले आत्मनिर्भर हुँदा हामीलाई थप उत्साह थपेको छ।”
किसानले उत्पादन गरेको वस्तु बजार पुर्याउन समस्या भएको गुनासो आएपछि आफ्नै योजनामा गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको अध्यक्ष गुरुङले बताए। “अब कृषिजन्य वस्तु उत्पादन भएको बजार पुर्याउन सकिएन भन्ने अवस्था रहँदैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
