तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न लागिएको हो।
दमौली– नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको छ।
तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न लागिएको हो।
भानु नगरपालिकाको नेतृत्वमा यस ठाउँमा साहित्यिक उद्यान निर्माणको प्रक्रियाले गति लिएको छ। चुँदीरम्घालाई सप्तधामको रूपमा विकास गर्ने लक्ष्य सहित साहित्यिक उद्यान निर्माणलाई सुरु गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए।
विगतमा जग्गा अधिग्रहणको काम शुरू भए पनि कामले गति लिन नसकेको भन्दै चालु आर्थिक वर्षदेखि यो काम तीव्र गतिमा अगाडि बढेको उनको भनाइ छ। उनले भने, “नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई सप्तधामका रूपमा विकास गर्नुपर्छ भनेर अगाडि बढेका छौँ।”
सिंगो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ।
साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ। त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमुना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ।
“भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो,” उनले भने, “नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरूको संरक्षण सम्बद्र्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ।”
रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालीन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्रांकित रूपमा प्रदर्शन गर्नु यसको उद्देश्य रहेको त्रिपाठीको भनाइ छ।
एक करोड ८० लाख खर्च
भानु साहित्यिक उद्यानका लागि हालसम्म एक करोड ८० लाख खर्च भएको छ। साहित्यिक उद्यान निर्माणका लागि गत र चालु आवमा गरी एक करोड ८० लाख ४१ हजार ५०० रुपैयाँ खर्च भएको हो।
उद्यान निर्माणका लागि हालसम्म १३५ कित्ता जग्गा अधिग्रहण गरी लालपुर्जा नगरपालिकाको स्वामित्वमा आइसकेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए।
त्यस्तै ५३ कित्ताको लालपुर्जा बन्न बाँकी रहेको र ३२ कित्ताको जग्गा अधिग्रहणका लागि सिफारिसको तयारीमा रहेको पौडेलले बताए। बत्तिस कित्ताको जग्गा अधिग्रहणका लागि ५९ लाख मुआब्जा निर्धारण भएको छ।
पौडेलका अनुसार चालु आर्थिक वर्षमा साहित्यिक उद्यान निर्माणका लागि सरकारबाट रु पाँच करोड बजेट प्राप्त भएको थियो। त्यसमध्ये जग्गा अधिग्रहणबापत ७६ लाख ६७ हजार ८५१ सम्बन्धित लाभग्राहीको खातामा गइसकेको छ। त्यस्तै एक करोड २९ हजार भुक्तानीका लागि चेक बनिसकेको र बैंकमा पठाउने तयारी गरिएको उनको भनाइ छ।
पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा ३८ कित्ताको ९८ लाख ७६ हजार ४५७ भुक्तानी भइसकेको छ। यसैगरी चालु आर्थिक वर्षमा गुरुयोजना अवधारणासम्बन्धी विज्ञ बैठकका लागि तीन लाख रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिए।
पौडेलले साहित्यिक उद्यान निर्माणका लागि हालसम्म ३६ प्रतिशत वित्तीय प्रगति भएको बताए।
साहित्यिक उद्यान निर्माणका लागि २०७८ सालमा दुई करोड बजेट विनियोजन भएको थियो। २०७९ जेठ १९ गते जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएको थियो। त्यतिबेला ३८ कित्ता जग्गाको ९८ लाख ७६ हजार ४५७ भुक्तानी गरिएको थियो।
२०८० माघ ३ गते पाँच करोड बजेट प्राप्त भएपछि माघ २३ गते बैठक बसेर मुआब्जा निर्धारण गरिएको जनाइएको छ। यस आर्थिक वर्षमा ७१ रोपनी जग्गाका लागि मुआब्जा निर्धारण भई दुई किस्तामा रकम पठाइएको पौडेलको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
