अमेरिकाले युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलर बराबरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ।
अमेरिकाले युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलर बराबरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। शुक्रबार गरिएको सहायतामा घोषणामा गोला बारुद, आर्टिलरी राउन्ड र सटिक हवाई हतियारलगायतका युद्ध सामग्री समावेश छन्।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्याएका छन्। उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु किभ लक्षित आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भनेका छन्, “आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर जनतालाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ। रुसको आक्रामकताविरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ।”
“यो २७ करोड ५० लाख मिलियन अमेरिकी डलरको प्याकेज युक्रेनलाई खार्किभ नजिकै रुसको आक्रमणलाई रोक्न मद्दत गर्ने हाम्रो प्रयासको एक हिस्सा हो,” उनले अगाडि भनेका छन्।
उनका अनुसार यस सहायतामा हिमार्सका लागि गोला बारुद १५५ एमएम र १५ एमएम आर्टिलरी राउन्ड, ट्यूब–लन्च, अप्टिकली–ट्र्याक्ड, वायर–गाइडेड मिसाइल, ज्याभलिन र एटी–४ एन्टी–आर्मर प्रणाली, सटिक हवाई हतियार, साना हतियार, गोला बारुद, एन्टी–आर्मर माइन, सामरिक सवारीसाधन, शरीर कवच, रासायनिक, आणविक सुरक्षा उपकरण, स्पेयर पार्ट्स, मर्मत सम्भार र अन्य तत्काल आवश्यक उपकरण समावेश छन्।
ब्लिन्केनले अगाडि भने, “राष्ट्रपति बाइडेनले स्पष्ट गरिसक्नुभएको छ, संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय गठबन्धन युक्रेनको स्वतन्त्रताको रक्षामा युक्रेनको साथमा रहनेछ।”
सन् २०२२ मा मस्को र किभबीच युद्ध शुरू भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो। रसियासँग चलिरहेको युद्धबीच किभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको शुरूमा एन्टनी ब्लिन्केनले युक्रेनको आकस्मिक भ्रमणमा पुगेका थिए। फेब्रुअरी २०२२ मा मस्को र कियभबीच युद्ध शुरू भएपछि उनले चौथो पटक यो अघोषित भ्रमण गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
