काठमाडौँका मेयर बालेन शाहले कलंकी–महाराजगन्ज रिङरोड विस्तारका सम्बन्धमा भौतिक पूर्वाधारमन्त्री महासेठ अगाडि नढ्दासम्म हरेक दिन उनलाई पायक पर्ने स्थानमा एक ट्रक धुलो उपहार पठाउने जनाएका छन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले संघीय सरकारअन्तर्गतका सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटअगाडि धुलो र फोहोर झारिदिएको छ। काठमाडौँ महानगरका मेयर बालेन शाहले दुवै कार्यालयबाहिर ट्रकबाट फोहोर र धुलो झार्दै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
उनले सामाजिक सञ्जालमा भौतिक पूर्वाधारमन्त्री लक्षित टिप्पणीसमेत गरेका छन्। उनले कलंकी–महाराजगन्ज रिङरोड विस्तारका नाममा विगत १५ वर्षदेखि काठमाडौँका जनताले धुलो र कष्ट बेहोर्नुपरेको उल्लेख गर्दै त्यसको समाधानका लागि भौतिक पूर्वाधारमन्त्री महासेठले कदम चाल्नुपर्ने बताएका छन्।

“माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला,” उनले भनेका छन्।
कलंकी–महाराजगन्ज रिङरोड विस्तारका क्रममा निस्किएको धुलो नै काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणको कारक रहेको उनको भनाइ छ। उनले अकारण महानगरवासीले धुलोधुवाँ खानुपरेको, त्यो सडक प्रयोग गर्नेले सवारीसाधन मर्मतमा खर्च बढी बेहोर्नुका साथै काठमाडौँ महानगरले अकारणमा गाली खानुपरेको उल्लेख गरेका छन्। उनले समस्या समाधानका लागि भौतिक पूर्वाधारमन्त्री महासेठ अगाडि नढ्दासम्म हरेक दिन उनलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने पनि बताएका छन्।
“यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला,” उनले लेखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
