सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा व्यक्तिलाई बिक्री गरिइएको पाइएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका छन्।
सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन्।
विसं २०३७ मा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे आठ धुर जग्गामा विसं २०५४ देखि सामुदायिक भवन निर्माण गरी प्रयोग हुँदै आएकामा मिलेमतोमा बिक्री गरिएको स्थानीयको आरोप छ।
स्थानीय विनोद पासमानले पासमान समुदायको भावनासँग जोडिएको सामुदायिक भवनको जग्गा व्यक्तिको नाउँमा पास भएपछि आफूहरू अन्यायमा परेको बताए। “यो सामुदायिक भवनसँग हाम्रो तीन दशकको सम्बन्ध छ। यसमा समुदायको सामाजिक, सांस्कृतिक एवम् भावनात्मक सम्बन्ध गाँसिएको छ। तत्कालीन कर्जना गाविसले दिएको रकम र यहाँका समुदायले दुःख गरी कमाएको पैसाबाट जनश्रमदान गरी एकतले भवन बनाएका थियौँ”, पासमानले भने, “यसै भवनबाट हामी सार्वजनिक भेला, छलफल, भोजभतेरलगायत सामाजिक कार्य गर्दै आएका छौँ। अब यो खरिद बिक्री गरिएपछि कहाँ जाने?”
स्थानीयले वडाध्यक्षको संलग्नतामा गत माघ १६ गते स्थानीय एक व्यक्तिको नाममा दर्ता कायम गरिएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन शुरू गरेका छन्।
अर्का स्थानीय रामलखन पासमानले स्थानीयको पहलमा भवन जीर्ण भएपछि दुईतले नयाँ भवन निर्माणका लागि मधेश प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएकामा सो रकम कार्यान्वयन गर्ने क्रममा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थाहा भएको बताए।
“योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भइसकेको थियो। पुरानो भवनसहितको जग्गा अरूकै नाममा दर्ता गरिएपछि बजेट नै फ्रिज हुने सम्भावना बढेर गएको छ। त्यसविरुद्ध आन्दोलनमा गरिरहेका छौँ,” उनले भने।
सामुदायिक भवनको नाममा जग्गा फिर्ता गर्न स्थानीयले पटक पटक विरोध प्रदर्शन गर्दै आएका छन् तर त्यसको सुनुवाइ हुन सकेको छैन। वडा कार्यालय र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि मागलाई बेवास्ता गरेकाले बाध्य भएर वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन गर्नुपरेको स्थानीय गुब्दीदेवी पासमानले गुनासो गरिन्।
सामुदायिक जग्गा कसले र कसरी व्यक्तिलाई बिक्री गरे भन्ने विषयमा अहिले स्थानीयस्तरमा निकै चासो छ। स्थानीयले वडाध्यक्ष मो. मस्तकिमकै मिलेमतोमा उक्त काम भएको बताइरहेका छन् भने वडा अध्यक्षले भने आफूले जग्गा बिक्री गर्न सिफारिस नदिएको तर तत्कालीन कार्यवाहक वडा अध्यक्षले सिफारिस दिएको बताइरहेका छन्। “हामीले अर्कै जग्गा बिक्री गर्न सिफारिस दिएका थियौँ। मालपोतका हाकिमले पुरानै सिफारिसलाई आधार मानेर जग्गा पास गरिदिए छन्। यसलाई सच्चाउन पहल गर्नेछु,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
