नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ।
नुवाकोट– नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ।
बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। तादीखोलामा पौडी खेल्ने गएका ६ जना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो।
अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याइएको थियो। पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जाने क्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
