पक्की पुल सञ्चालनमा आएपछि यहाँका पाँच हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन्। उनीहरूलाई यात्राका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्याउन सहज भएको छ।
गलेश्वर– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल बनेपछि मालिका गाउँपालिका–१ को निस्कोट र मंगला गाउँपालिका–५ को छिसबाङ सडक सञ्जालमा जोडिएका छन्।
पक्की पुल सञ्चालनमा आएपछि यहाँका पाँच हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन्। उनीहरूलाई यात्राका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्याउन सहज भएको छ।
पूर्वाधार विकास कार्यालयले २०७७ साउनमा चार करोड ४५ लाख ८१ हजार रुपैयाँमा प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताए।
पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मंगला गाउँपालिका–५ का छिसवाङ, टिकवाङ र बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएको मालिका गाउँपालिका–१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए। उनका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मंगलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जाल विस्तार भएको छ।
“१४ वर्षअघि सडक पुगेको निस्कोट म्याग्दी नदीमाथि पक्की पुल नहुँदा पालिकाको केन्द्र दरबाङ यातायात सेवाबाट विच्छेद थियो। हिउँदमा नदीबाट नै जोखिमपूर्ण यात्रा गरे पनि वर्षामा समस्या हुने गरेको थियो, छ्यारछ्यारेमा पुल बनेपछि सिंगो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ,” अध्यक्ष पुनले भने।
“पुल बनेपछि नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्या हटेको मंगला–५ छिसबाङका विकल सेनले बताए। “स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुलले निकै भएको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
