आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। गेम जोनमा वेल्डिङको काम भइरहेका बेला आगलागी भएको जनाइएको छ।
भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।
सो शहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिबार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ। मृत्यु हुनेमा बालबालिका पनि रहेको बीबीसी हिन्दीले जनाएको छ।
“आगलागीमा मृत्यु भएकाहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,” बीबीसीले लेखेको छ। शहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको संख्यामा दमकल परिचालन गरिएको थियो।
अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ। तर आधिकारिक रूपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन।
त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
