प्रतिनिधिसभा बैठक प्रारम्भ हुने बित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका थिए।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी छ।
प्रतिनिधिसभा बैठक प्रारम्भ हुने बित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका थिए।
उनले अर्थमन्त्री वर्षमान पुनलाई २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गर्न अनुमति दिएपछि कांग्रेस सांसदले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।
सत्तारूढ दलका सांसद र मर्यादा पालकको सहयोगमा अर्थमन्त्री पुन रोस्टम पुगेर २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका थिए। कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
