राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
काठमाडौँ– प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी तथा वेल घेराउबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।
आइतबार पनि कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको छानबिन गर्नुपर्ने माग राख्दै अवरोध गरेको थियो। बैठकमा विरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका थिए। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलको प्रस्ताव पेस गरेका थिए।
नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका तीन सांसदहरू विष्णु पौडेल, स्वर्णिम वाग्ले र विरेन्द्र महतोले भाग लिएका थिए। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संशोधनको प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
