आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको हो।
आइतबार ३१५ कम्पनीको एक करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
यस दिनको कारोबारमा होटल तथा पर्यटन समूह ३.३७ र म्युचुअल फन्ड ०.२१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह २.१९ र जलविद्युत् समूह १.६२ प्रतिशतले घटेको छ।
कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ता छन्। यस कम्पनीको शेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड ६६ लाख १३ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार ८९६ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
