बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
आँधीले आइतबार मध्यराततिर बांग्लादेश र भारतको पश्चिम बंगालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ। भारतको मौसम विज्ञान विभागले आइतबार राति पश्चिम बंगालको सागर टापु र बांग्लादेशको खेपुपारा क्षेत्रमा १२० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा आँधी चल्ने अनुमान गरेको छ।
बांग्लादेशका प्रकोप व्यवस्थापन तथा राहतका लागि कनिष्ठमन्त्री मोहिबुर रहमानले तटीय क्षेत्रमा आँधी प्रभावित क्षेत्रबाट मानिसलाई निकाल्न स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको बताएका छन्। सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय पनि बन्द गरेको छ।
भारतको कोलकाता विमानस्थल आइतबार रातिदेखि २१ घण्टाका लागि बन्द रहनेछ। बांग्लादेशले दक्षिणपूर्वी शहर चट्टोग्राममा विमानस्थल बन्द गरेको छ भने कक्स बजारबाट आवागमन हुने सबै आन्तरिक उडान रद्द गरेको छ।
बांग्लादेशी अधिकारीले मुलुकको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँमा लोडिङ र अनलोडिङलाई पनि स्थगित गरेका छन् भने सावधानीका रूपमा एक दर्जनभन्दा बढी जहाजलाई घाटबाट गहिरो समुद्रमा लैजान शुरू गरेका छन्।
जुनदेखि सेप्टेम्बरसम्म चल्ने यस वर्षको मनसुन सिजनअघि बंगालको खाडीमा यो पहिलो आँधी हो। भारतको पश्चिम बंगाल राज्यका तटीय जिल्लामा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ।
करिब एक मिटर अग्लो आँधीका कारण तटीय पश्चिम बंगाल र बांग्लादेशका तल्ला क्षेत्रहरूमा बाढी आउने अनुमान गरिएको छ। यस्तो आँधीले रूखहरू उखेल्न सक्ने र फुसका घर तथा बिजुली र सञ्चार लाइनलाई ठूलो क्षति पुर्याउन सक्ने विज्ञप्तिमा जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
