धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
गोरखा– उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर आइतबार अवरुद्ध भएको छ। दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
“पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ,” उनले भने, ‘‘पहाडको माथिबाट ठूलो ढुंगा चोइटिएर बुढीगण्डकी नदी किनारसम्म पुगेको छ।”
पहिरो तत्काल हटाउन सकिने अवस्था नरहेको स्थानीय बासिन्दा बलबहादुर गुरुङले जानकारी दिए। पहिरोले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ।
“पहिरो पन्छाउन दुईतीन दिनभन्दा बढी समय लाग्न सक्ने अवस्था छ,” गुरुङले भने, “चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न कठिनाइ हुने अनुमान गरिएको छ।” पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति हुन नपाएको हो।
पहिरो खसेको भन्ने जानकारी आए पनि क्षतिको यकिन विवरण भने नआएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
“पहिरो खसेको भन्ने सूचना आएको छ,” उनले भने, “प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेका छौँ, थप विवरण भने प्राप्त हुन बाँकी नै छ।”
बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाड ब्लास्टिङ गरेर सडक निर्माण गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
