हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।
इजरायली सेनाको आक्रमणमा परेर गाजाको रफाह क्षेत्रमा सयाैँको संख्यामा प्यालेस्टिनीहरू हताहत भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।
रफाको तल अस सुल्तान क्षेत्रमा भएको उक्त आक्रमणमा परेर शिविरमा रहेकाहरू ज्युँदै जलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यहाँबाट अहिलेसम्म ४० जनाको शव निकालिएको समाचारमा उल्लेख छ। तीमध्ये अधिकांश महिला र बालबालिका रहेका छन्।
वफा न्युज एजेन्सीले प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस)लाई उद्धृत गर्दै पालभित्रका धेरै मानिसहरू ‘जिउँदै जलेको’ बताएको छ। इजरायली सेनाको हमलापछि प्यालेस्टिनको गाजा क्षेत्रका अस्पताल खण्डहर हुँदा यतिका संख्यामा घाइतेलाई उपचार गर्न सम्भव नभएको पनि पीआरसीएसले जनाएको छ।
आइतबार हमासले रफाहबाट तेल अवीवतर्फ आठ रकेट प्रहार गरेको थियो। पछिल्लो चार महिनामा यो पहिलो ठूलो आक्रमण हो, जुन यति टाढाबाट गरिएको थियो। रकेट प्रहार भएको क्षेत्रलाई नै लक्षित गरेर इजरायलले आक्रमण गरेको हुनसक्ने बताइएको छ।
इजरायली सेनाले भने रफाहमा हमासको स्थानलाई निशाना बनाएर हवाई आक्रमण गरेको भन्दै प्रतिक्रिया जनाएको छ। सेनाले आक्रमणपछि आगलागी भएको जानकारी आफूसँग रहेको स्वीकार गरेको छ। साथै, आक्रमणको समीक्षा गरिरहेको जनाएको छ।
अक्टोर ७ यता युद्ध शुरू भएदेखि गाजामा विस्थापित भएकाहरू रफाहमा शरण लिँदै आएका थिए। तर अहिले यही क्षेत्रलाई लक्षित गर्दै इजरायली सेनाको आक्रमणले सुरक्षित ठाउँ बाँकी नरहेको भन्दै अन्तर्राष्ट्रिय संस्थाहरूले आपत्ति जनाएका छन्।
गाजामा स्वास्थ्य सेवा प्रदान गरिरहेको मेडिसिन स्यान्स फ्रन्टियर एमएसएफले इजरायलले विस्थापित भएका प्यालेस्टिनीको शिविरमै आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ।
“यो आक्रमणपछि हामी निकै त्रशित भएका छौँ, अब कतै पनि सुरक्षित ठाउँ बाँकी रहेन,” एमएसएफले एक्समा लेखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
