मे २७ मा प्रकाशित उक्त अनुसन्धानका अनुसार प्रत्येक आठौँ बालबालिका इन्टरनेटमा यौन शोषणको सिकार भएका छन्।
काठमाडाैँ– हरेक वर्ष ३० करोडभन्दा बढी बालबालिका अनलाइन यौन शोषणको सिकार हुने गरेका एक अध्ययनले देखाएको छ।
बेलायतको एडिनबर्ग युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले हरेक वर्ष विश्वभर ३० करोडभन्दा बढी बालबालिकाहरू अनलाइन यौन शोषण र दुर्व्यवहारको सिकार बनिरहेका देखाएको छ। यो विश्वव्यापी स्तरमा यस प्रकारको पहिलो अध्ययन हो, जसले इन्टरनेटमा बालबालिकाको सिकार हुने समस्या कति ठूलो छ भन्ने देखाउँछ।
मे २७ मा प्रकाशित यस अनुसन्धानका अनुसार पछिल्लो १२ महिनामा विश्वका प्रत्येक आठौँ बालबालिका इन्टरनेटमा यौन शोषणको सिकार भएका छन्। प्रतिवेदनका अनुसार नचाहिने अश्लिल सन्देश पठाइएका वा यौनजन्य क्रियाकलाप गर्न आग्रह गरिएका बालबालिकाको संख्या पनि लगभग उस्तै रहेको छ।
अनलाइन यौन उत्पीडनको यी गतिविधिले 'ब्ल्याकमेलिङ'सम्म पनि विस्तार गरेको छ र धेरै अवस्थामा अपराधीहरूले निजी फोटोको बदलामा पैसा मागेका छन्। यसबाहेक आर्टिफिसियल इन्टेलिजेन्स र डिपफेक प्रविधिबाट आपत्तिजनक भिडियो र तस्वीरसमेत बनाएर पनि बालबालिकालाई सिकार बनाइएको अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यो समस्या विश्वभर फैलिएको छ। अझै अमेरिकामा यसको खतरा निकै उच्च रहेको अनुमान गरिएको छ। त्यहाँ हरेक नौ जनामध्ये एक जनाले कुनै न कुनै समयमा बालबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको स्वीकार गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
