नयाँ सडकलाई खुम्च्याएर फुटपाथ बढाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।
काठमाडौँ– काठमाडौँस्थित नयाँ सडक (न्युरोड)लाई साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्। सडक साँघुरो बनाउने महानगरको निर्णय उचित नभएको भन्दै सोमबार न्युरोडबासीले आन्दोलन गरेका हुन्।
उनीहरूले ‘न्युरोड साँघुरो गर्न मिल्दैन’, ‘नयाँ सडक बचाउ’ भन्दै कालो ब्यानरसहित महानगरविरुद्ध प्रदर्शन गरेका छन्। आन्दोलनमा सहभागी स्थानीय सुवोदमान श्रेष्ठले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहको यो कदम ठीक नभएको बताए। उनले साथ दिनुपर्ने ठाउँमा दिने तर स्थानीयको इच्छा र भावना विपरीतको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए।

“सडकलाई साँघुरो बनाउने हो भने त्यसको परिणाम कस्तो हुन्छ भनेर हामीले देखाउन खोजेका हौँ। मापदण्डअनुसार हेर्दा पनि न्युरोडको बाटो भनेको गाडी गुड्ने बाटो हो। यो काठमाडौँको मात्र होइन,” उनले भने “नेपालको नै सबैभन्दा पहिले गाडी गुड्ने बाटो हो। नेपालको इतिहास मेटाएर, गाडी नै नचल्ने हो भने हामीले विरोध गर्नैपर्छ। साथ दिनुपर्ने कुरामा साथ दिन्छौँ। तर स्थानीयको इच्छा विपरीतको कार्यमा विरोध गर्नैपर्छ।”
यस्तै, स्थानीय मंगलादेवी महर्जनले पनि महानगरको प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्ने भन्दै एकलौटी लिएका कदमबाट आफूहरूलाई अन्याय हुने बताइन्।

“बालेनलाई नराम्रो भन्ने होइन। मेयर भएका नाताले राम्रो काम पनि गर्नुभएको छ। देश बनाउनु पर्छ भनेर हामी पनि लागि रहेका छौँ। तर यो न्युरोडको सडक यसै सानो छ यसलाई सानो बनाएर के गर्न खोजेको हो? प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्नेमा एकलौटी गर्न पाइन्छ?,” उनले भनिन्।
महानगरले न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको क्षेत्रमा दुवैतर्फ सडक काटेर फुटपाथ बढाउने योजना अगाडि बढाएको छ। तीन लेनको उक्त सडक प्राविधिक जाँचबिना काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौँले डोजरसहितका मेसिन नियन्त्रणमा लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
