‘रेमाल’ नाम दिइएको चक्रवातले आइतबार राति तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छाल ल्याएको थियो।
बांग्लादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ भने ३० हजारभन्दा बढी आवास पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।
बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “घर या पर्खाल भत्किँदा च्यापिएर अधिकांशको मृत्यु भएको थियो। तीन जनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ।”
‘रेमाल’ नाम दिइएको चक्रवातले आइतबार राति तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छाल ल्याएको थियो। सोमबार दिउँसोसम्म यसको प्रभाव कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर रहेको छ। “चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ,” अलीले भने।
सरकारी प्रशासक हेलाल महमुदका अनुसार खुलान जिल्लामा दुई जनाको मृत्यु भएको छ। “चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पुर्याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्ण रूपमा क्षति पुगेको छ,” उनले भने।
चित्तागोङ्ग (चटगाँव) का प्रशासक तोफाएल इस्लामले एएफपीसँग चटगाँवमा एक व्यक्तिको मृत्यु भएको बताए। “यहाँ ४० हजारभन्दा बढी मानिस अझै पनि भारी वर्षा र तीव्र हावाका कारण सुरक्षित आश्रयस्थलमा छन्,” उनले भने।
बांग्लादेशको सबैभन्दा ठूलो सरकारी विद्युत् वितरण कम्पनी बांग्लादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इन्जिनियर विश्वनाथ सिकदरका अनुसार आँधीका कारण चटगाँव षेत्र पूर्णरूपमा विद्युत्विहीन बनेको छ। “आँधीले एक करोड २५ लाखभन्दा बढी उपभोक्ताले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको छ” उनले भने, “चक्रवातको अवस्थामा सुधार आएपछि हामी विद्युत् आपूर्ति सुचारु गर्नेछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
