सिन्धुपाल्चोकको पूर्वी भेगका बासिन्दा चिनियाँ नागरिकसँग मिलेर यार्सागुम्बा संकलनका लागि चीन र नेपालको उच्च लेकमा पुगेपछि तातोपानी नाका सुनसान भएको छ।
सिन्धुपाल्चोक– यार्सागुम्बा संकलनको याम शुरू भएसँगै नेपाल–चीन सीमाको तातोपानी नाका सुनसान भएको छ। नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन्।
अधिकांश पसल र होटल बन्द छन्। केही खुलेका पसलमा पनि व्यापार घटेको छ। मितेरी पुल आसपास चीनबाट आयात गरिएका सवारी मात्रै छन्।
सिन्धुपाल्चोकको पूर्वी भेगका बासिन्दा चिनियाँ नागरिकसँग मिलेर यार्सागुम्बा संकलनका लागि चीन र नेपालको उच्च लेकमा पुगिसकेका छन्।
अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईका अनुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा संकलन र बिक्री गर्ने अनुमति दिएको छ। यहाँका सबैजसो स्थानीय र व्यवसायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन।
यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झन्डै तीन हजारभन्दा बढी यार्सा संकलक लेकक्षेत्र पुग्ने गर्थे। वैशाखको दोस्रो सातादेखि शुरू हुने यार्सा संकलनका लागि सीमाक्षेत्रबाट मात्रै झन्डै सात सय जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ। चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चिनियाँ बजारमा झन्डै दुई दर्जन पसल सञ्चालनमा ल्याएका थिए।
“चलेका पसल पनि अरूलाई जिम्मा दिएर गएका छन् भने अधिकांशले सटर बन्द नै गरेर त्यता लागेका छन्, फलस्वरूप चिनियाँ बजार सुनसान बनेको छ”, भोटेकोशी चेम्बर अफ कर्मशका अध्यक्ष फुनु शेर्पाले भने।
यसअघि नेपाली यार्सा संकलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो। चीनको भू–भागमा पर्ने गौरीशंकर हिमशृंखला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा संकलन गर्न जाने गरेका थिए।
अहिले सर्वसाधारणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा संकलक गाउँ रित्ताएर लेकमा पुगेका हुन्। तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेको सुधार आइरहेको बताए।
तातोपानीबाट अहिलेसम्म आठ वटा कन्टेनरबाट झन्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन्। त्यसबाहेक निर्यात छैन, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्, सवारी पनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
