कांग्रेस नेताहरू बुढानीलकण्ठमा आन्तरिक छलफलपछि सरकारीसम्बन्धी संसदीय छानबिन समिति गठनका सम्बन्धमा थप कुराकानी गर्न बालुवाटार पुगेका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिनको अडान यथावत् राखेको छ।
सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको मागबाट पछि नहट्न नहुने निष्कर्ष निकालेको हो। कांग्रेस नेताहरू बुढानीलकण्ठमा आन्तरिक छलफल पछि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन्।
कांग्रेसले रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै उनीमाथि छानबिनका लागि संसदीय समितिको माग गर्दै आएको छ। सत्तापक्ष र प्रतिपक्षीबीच सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति भए पनि गृहमन्त्री लामिछानेको नाम किटान गर्ने कि नगर्ने भन्ने विषयले कार्यादेश अड्किएको छ। यही विषयलाई लिएर कांग्रेसले संसद्मा विरोध जनाइरहेको छ। सत्तापक्ष भने व्यक्ति विशेषलाई तोकेर छानबिन समिति बनाउने नहुने अडानमा छन्।
सोमबार बिहान पनि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकारीकै विषयमा छलफल गरेको थियो। संसदीय समितिको कार्यादेश बनाउन गठित समितिका सदस्य जीवन परियारले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा संसदीय समिति र कार्यादेशबारे अहिलेसम्म भएका छलफल र सहमतिबारे जानकारी गराएका थिए। कांग्रेस पदाधिकारी बैठकपछि उनले पुनः बालुवाटारमा शीर्ष नेताहरूबीचको बैठकमा आफ्ना मागहरू दोहोर्याइने बताए।
“विगतमा हामीले जे कुरा राखेका थियौँ त्यो कुरालाई पूर्ण रूपमा दोहोर्याउँछौँ। समझदारीको बिन्दु आउँछ भने त्यसबारे पनि त्यहीँ छलफल गर्छौं,” उनले भने।
प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, कृष्णप्रसाद सिटौला, परियार र ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
