झूटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।
काठमाडौँ– सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल झूटो विवरण पेश गरी लाभ लिएको मुद्दामा पनि दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले झूटा विवरण पेश गरी लाभ लिएर भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पौडेललाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलउपर वैशाख ९ गते अमेरिकाको अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिए पनि सोको विवरण नखुलाई सार्वजनिक पदमा रही लाभ लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।
आयोगले पौडेलले संविधानको धारा २९१ को व्यवस्था विपरीत विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको तर सो विवरण नखुलाई सार्वजनिक पदमा बहाल रही लाभ लिएको अनुसन्धानका क्रममा खुलेको दाबी गर्दै मुद्दा दायर गरेको थियो।
यसअघिको भ्रष्टाचारसम्बन्धी अर्को एक मुद्दामा पनि उनी दोषी ठहर भएका थिए भने उनीविरुद्धका अन्य दुई मुद्दा विचाराधीन अवस्थामा छन्।
यसअघि विशेष अदालतले उनलाई सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमिततासम्बन्धी मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको थियो।
उनीविरुद्धका गैरकानूनी रूपमा सम्पत्ति आर्जन र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर मुद्दा विचाराधीन अवस्थामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
