धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
जनकपुरधाम– धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। न्यायाधीश यदुराज शर्माको एकल इजलासले सोमबार अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रन्जन आवाका अनुसार सिरोहियाविरुद्धको नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि म्याद थप भएको हो।
प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको ‘फरेन्सिक’ परीक्षणका लागि पठाइएको र त्यो ‘रिपोर्ट’ आउन बाँकी रहेकाले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला सरकारी वकिलमार्फत सोमबार अदालतमा पेस गरेको थियो। तर अदालतले तीन दिनको मात्र समय दिएको हो। यसअघि पनि अदालतले उनलाई हिरासतमा राख्नका लागि दुई पटक म्याद थप गरेको थियो।
प्रहरी अनुसन्धानमा रहेका आरोपित सिरोहियाको पक्षमा सोमबार अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी तथा किशोर पौडेलले बहस गरेका थिए। उच्च रक्तचाप र मुटुमा समस्या भएपछि तीन दिनदेखि काव्या अस्पताल जनकपुरमा उनको उपचार भइरहको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
