अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिने गरी रवि लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन्।
काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिह्नमाथि टिप्पणी गरेका छन्। अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिने गरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन्।
एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झण्डा तथा अमेरिकाको फ्रिड्म पार्टीको नाम र झण्डा फोटोकपीको रूपमा आएको उल्लेख गर्दै त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने भन्दै चिन्ता व्यक्त गरे।
ओलीले अर्काको नक्कल गर्ने, अरूको इतिहास पढ्ने र सुन्ने यस्ता खाले गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको उल्लेख गरे। उनले लामिछाने नेतृत्वको सो पार्टीलाई ह्वात्तै फुलेको बेलुनको रूपमा समेत चित्रण गरे।
"अमेरिकामा एउटा फ्रिडम पार्टी छ, फ्रिड्म पार्टी अफ अमेरिका। त्यसको चुनाव चिह्न पनि घण्टी छ। दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ, संयोग नै होला। अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन। तर, हावा नहाली कसरी भयो यत्रो? केही त होला। त्यतातिर पनि नजाऊ" उनले भने, "मैले खाली हाम्रो संस्कृति, हाम्रो पहिचान रक्षा गरेर मात्रै हाम्रो पहिचानलाई कायम गर्न सकिन्छ भन्नु खोजेको हुँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
