बजेट भाषणको समय ३ बजेका लागि सर्‍यो

बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको संसद् सचिवालयले जनाएको छ।

काठमाडौँ– संघीय संसद्को संयुक्त बैठक २ घण्टा पछि सारिएको छ। मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठकको समय ३ बजेका लागि सारिएको हो। 

सरकारको अनुरोधमा संयुक्त सदनको बैठक सारिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। 

यससँगै दिउँसो १ बजे संघीय संसद्‌मा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन्।

बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको संसद् सचिवालयले जनाएको छ।

दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बजेट पारित गर्नेछ। राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्‌मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।