मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको छ।

काठमाडौँ– मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा संघीय संसद्को संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ।

सिंहदरबार भएको मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त बैठक ३ बजेका लागि तय भएको छ।