आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी, संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी भएको उनले बताए।

निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए। तर बजेको अर्धवार्षिक समीक्षामार्फत १५ खर्ब ३० अर्ब २६ करोड खर्च हुने संशोधित अनुमान छ।  

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन रहेको छ।

खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड अपुग हुने उनले बताए। सो अपुग बजेट पूर्तिका लागि वैदेशिक ऋणबाट २ अर्ब १७ अर्ब ६७ करोड जुटाउने, राजस्वको परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट बेहोरिने छ।   


बजेटको पूर्णपाठ