कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
नागरिकता कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि शुक्रबार राति जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ उनको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनलाई काठमाडौँ ल्याइएको हो। उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले चिकित्सकबाट काठमाडौँ लगेर उपचार गर्न सिफारिस भएपछि सरकारी वकिलसँगको परामर्शमा अध्यक्ष सिरोहियालाई काठमाडौँ पठाउने निर्णय भएको जानकारी दिए।
सोमबार तेस्रो पटक म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित हुन उनी अस्पतालबाट एम्बुलेन्समा आएका थिए। उनमाथि अनुसन्धानका लागि सोमबार अदालतले प्रहरीलाई तेस्रो पटक तीन दिनका लागि म्याद दिएको छ। यसअघि अदालतले उनलाई हिरासतमा राख्न दुई पटक तीन/तीन दिनको समय दिएको थियो।
प्रहरीले उनलाई नागरिकता कसुरमा जेठ ८ गते कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। त्यसपछि उनीविरुद्ध उजुरी परेको जिल्ला धनुषा पुर्याइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
