राष्ट्रियसभा र प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ।
काठमाडौँ– राष्ट्रियसभामा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ। सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट टेबुल गरेका हुन्।
यसैबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफका लागि तोकेका छन्।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने छ।
त्यस्तै, प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री पुनले आगामी वर्षको बजेट टेबुल गरे। बजेटमाथि सामान्य (सैद्धान्तिक) छलफलका लागि सभामुख देवराज घिमिरेले यही जेठ २०, २१ र २२ गतेका दिन तोकेका छन्।
अर्थमन्त्री पुनले छलफलमा उठेका प्रश्नको जवाफ जेठ २३ गते दिने कार्यक्रम तय गरिएको छ। उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सदस्यहरूले भाग लिनेछन्।
मन्त्री पुनले ‘आर्थिक विधेयक, २०८१’ बैठकमा पेस गरेका थिए। यसअघि संघीय संसद्को बुधबारको संयुक्त बैठकमा मन्त्री पुनले बजेट पेस गरेका थिए
यसैगरी प्रतिनिधिसभाको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो अध्यादेश स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
मन्त्री भण्डारीले सरकारले हालै गरेको लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्र तथा सरकारवालाको परामर्शमा अध्यादेश ल्याएको अवगत गराए। उक्त अध्यादेश पेस नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेमबहादुर सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतबाट अस्वीकृत भएको थियो।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्ताव पारित भएको छ।
यसैगरी उद्योगमन्त्री भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले पारित गरेको छ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गरे। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए। यस्तै, उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सात सदस्यहरू मनोनयन गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते आइतबार बिहान ११ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
