भारतको ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसले मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ।
पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ।
उक्त राज्यमा मंगलबार तापक्रम ४९ डिग्री सेल्सियस पुगेको मौसम विभागले जनाएको छ। राजस्थानका सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ। स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
राजस्थानका मन्त्री डा. किरोडी लाल मीनाले भने, “६ जनाको पोस्टमार्टम गर्दा उनीहरूको मृत्युको कारण गर्मीको लहर नै पाइएको छ। हामीले सबै जिल्लाका अधिकारीहरूलाई घाम र गर्मीबाट टाढा रहन र सबै सावधानी अपनाउन जनतालाई सल्लाह दिन आग्रह गरेका छौँ।”
राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीको संख्या सोमबार दुई हजार २०९ बाट बढेर तीन हजार ६२२ पुगेको छ। मौसम विभागले पहिले नै मानिसलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ। विभागले पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ।
भारतको ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसले मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ। गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
