अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो।
काठमाडौँ– नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा छुटेका छन्।
अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो। सिरोहियालाई उनकै छोरा सम्भव सिरोहियाको जमानीमा छोडिएको प्रहरीले जनाएको छ।
सिरोहिया नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरि नौ दिन थुनामा राखेको थियो। नागरिकता विवादमा छानबिनका लागि उनलाई गत साता काठमाडौँको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो। स्वास्थ्यमा समस्या भएपछि उनलाई मंगलबार हेलिकोप्टरबाट काठमाडौँको मेडिसिटी अस्पताल ल्याइएको थियो।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
