नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ।
काठमाडौँ– नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ।
श्रीलंकाको क्यान्डीमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले जानकारी दिए। यु-१९ छात्रा डबल्समा इभाना थापा मगर र वियन्का राईले रजत पदक जिते। यु-१९ टिम इभेन्टको छात्रमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा छात्रामा वियन्का राई, इभाना थापा र योङगी पौडेलले कास्य पदक हात पारेका हुन्।
यु-१५ को छात्रा एकलमा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कास्य पदक प्राप्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
