सुर्खेतमा जिप दुर्घटना: २ जनाको मृत्यु, २ घाइते

सुर्खेतबाट कालीकोट गइरहेको जिप बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्ला नजिकै दुर्घटना भएको हो।

फाइल तस्वीर।

काँक्रेविहार– सुर्खेतबाट कालीकोट गइरहेको जिप वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्ला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बिहीबार बिहान भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ। घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ। 

पाँच जना यात्रु सवार रहेको जिप बिहीबार बिहान २ बजे दुर्घटना भएको हो। दुर्घटनाबारे थप विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ।